सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ विजेतासहित निर्णायकहरुको दुर्घटना बिमा गर्ने

काठमाडाैं । सिद्धार्थ इन्स्योरेन्स लि. ले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जनाप्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ वर्षको दुर्घटना बिमा प्रदान गर्ने भएको छ ।

सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोकश्री, बरिष्ठ गायक राम कृष्ण ढकाल, बरिष्ठ गायिका अन्जु पन्त लगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८ मा प्रतिस्पर्धा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो ।

उत्कृष्ट ८ जनालाई जनही १५लाख एवं निर्णायकहरु एवं निर्देशकको रु २५ लाख रकम बराबरको दुर्घटना बीमा रहेको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड निर्जीवन बिमा कम्पनीमध्ये नेपालको एक अग्रणी बीमा कम्पनी हो ।

प्रतिक्रिया