२ अर्ब १० करोड बराबरको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक
मकालु खबर
२०७७ पुस १३ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो ।
सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
मकालु खबर
२०७७ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित