ऋतिकको ‘फाइटर’ बलिउडकै महँगो


काठमाडौं । बलिवुड कलाकार ऋतिक रोशनको जन्मदिन १० जनवरीमा उनी अभिनित फिल्म ‘फाइटर’ को टिजर सार्वजनिक भयो । ३० सेकेन्डको टिजरप्रति दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । ऋतिकको साथमा दीपिका पादुकाेणसमेत देखिने फिल्म बजेटको हिसाबले ठूलो फिल्म बन्ने भएको छ ।
फिल्मको द्वन्दका लागि टिमले ठूलो लगानी गरेको छ । यो फिल्मलाई हालसम्मकै महँगो फिल्म भनेर समेत चर्चा हुन थालेको छ ।
फिल्ममा एयरफोर्स पाइलटको भूमिकामा ऋतिक देखिनेछन् । फिल्मको निर्देशन शिद्धार्थ आनन्दले गरेका छन् । आनन्दले वार, ब्याङ ब्याङ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।
फाइटरकाे बजेट २५० करोड आसपास पुगेको भारतीय संचारमाध्यममा उल्लेख छ । फिल्ममा भएको एक्सन कै लागि भनेर ठूलो लगानी गरिएको टिमले बताएको छ ।
फिल्ममा दीपिकाको भूमिकाको विषयमा भने कुनै पनि जानकारी बाहिर आएको छैन । दर्शकले फिल्ममा देशभक्ति र रोमान्स देख्न पाउने निर्माण पक्षले जनाएकाे छ। डिसेम्बर २०२१मा छायाँकन सुरु हुने फिल्म सन् २०२२ को सेप्टेम्बर ३० बाट प्रदर्शनमा आउने छ ।
