ओप्पोको नयाँ मोबाइल बजारमा
काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट, ओपो ए१५ सार्वजनिक गरेको छ । एआई ट्रिपल क्यामेरा र ६.५२”को ठूलो स्क्रिन सुसज्जित ओपो ए१५ बजारमा आएको हो ।
ओपो ए१५ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्नुका साथै स्पष्ट र सटिक तस्विर खिच्ने कम्पनीका दाबी छ । लामो समय सम्म टिक्ने ब्याट्रीका साथै प्रशस्त संचय क्षमतासहितको ओपो ए१५को डिजाइन प्रयोगकर्तालाई विना रुकावट फोनको मज्जा लिन सक्ने छन् ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “ओपो ए१५मा रहेका एआई ट्रिपल क्यामेराको सहायताले उत्कृष्ट तस्विर खिच्न सक्नुका साथै, यसमा रहेको ६.५२”को ठूलो स्क्रिनमा एचडी+को मज्जा समेत लिन सकिन्छ ।”
एआई ट्रिपल क्यामेरा र एआई ब्यूटिफिकेशन
ओपो ए१५मा रहेका एआई ट्रिपल क्यामेराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ । प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चित गर्न सधाउन यसमा १३ एमपी क्षमताको मुख्य क्यामेरा र ४ सीएम सम्मका क्लोज शट्स खिच्न यसमा २ एमपी क्षमताको माइक्रो लेन्सकोसमेत ब्यवस्था गरिएको छ ।
पोट्रेट तस्विरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २एमपी डेप्थ क्यामेरापनि जडान गरिएको छ ।दैनिकीका पलहरु कैद गर्न ओपो एफ१५मा अझ बढी सुविधाहरु दिइएका छन् । फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमासमेत उत्कृष्ट तस्विर खिच्न सघाउँछ ।
त्यसैगरी, पोट्रेट बोके फिचरले पोट्रेट तस्विर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्सपनि उपलब्ध गराउँछ । ड्याजल कलर र एआई सिन रिकग्निशनको संयोजन मार्फत ओपो ए१५ले एआई सिन ईन्ह्यान्समेन्ट सुविधापनि दिन्छ । यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्यूटिफाई गर्ने क्षमता राख्छ । साथै, रि-अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाईलिश फोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्सपनि उपलब्ध गराउँछ ।
ओपो ए१५को ५ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामा थप निखार देखाउने विकल्पपनि उपलब्ध गराउँछ । एआई ब्यूटिफिकेशनले स्किन टोन तथा फेशियल फिचर्सलाई लिंग, उमेर र भौगोलिक आधारमा सुधार उपलब्ध गराउँछ ।
स्लिक डिजाइनका साथ ६.५२”को ठूलो स्क्रिन
गेम तथा भिडियोको पूर्ण मज्जा लिन सकियोस् भन्ने सोचका साथ ओपो ए१५मा ८९% स्क्रिन टू बडी रेसियोका साथमा ६.५२” वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । दृश्यमा स्पष्टताका लागि ओपो ए१५को एचडी+ स्क्रिनले १६००×७२० रिजोल्यूशनको दृश्य सम्प्रेषण गर्छ । साथै, फोनमा आई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधापनि उपलब्ध छन् ।
७.९एमएम मोटाई सहितको ए१५मा समाउन सहजताका लागि थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझ आकर्षक देखाउने सोचका साथ म्याट र ग्लसी टेक्स्चर सहितको थ्रीडी कोटिङको प्रयोग गरिएको छ । डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी ओपो ए१५ दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ ।
४२३०एमएएच ब्याट्री क्षमता
तिब्रगतिको कार्य क्षमताका लागि ओपो ए१५मा ३ जीबी ¥यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले संगीत, भिडियो तथा गेम्सका लागि आफ्नो आवश्यकता अनुसार यसलाई २५६जीबी सम्म बढाउन सक्ने सुविधापनि प्रदान गरिएको छ । फोनमा रहेको मिडियाटेक हेलियो पी३५ मिडियाटेक हेलियो पी३५ ओक्टा-कोर प्रोसेशर सहितको ओपो ए१५ले ब्याट्री मितब्ययीताका साथ सहज, तिब्र र विश्वासिलो कार्य सम्पादन सुविधा उपलब्ध गराउँछ ।
फोनमा मेमोरी डिफ्राग्मेन्टेशन २.० सुविधाका साथैफ्रेमबुस्ट र टचबुस्ट सहितको हाइपरबुस्ट २.१ फिचरपनि उपलब्ध गरिएको छ । हाइपरबुस्ट २.१ले फ्रेम रेट अनुकुलन गर्दै स्थिर तथा इन गेम ग्राफिक्समा न्यून ढिलाई प्रदान गरी टच रेस्पोन्समा सुधार गरी गेम फ्लुएन्सीको मज्जा लिन सघाउँछ ।
मज्जाले एकदिन सहजै टिक्ने ४२३०एमएएच क्षमताको ब्याट्री जडिट ओपो ए१५मा आपतकालिन अवस्थालाई समेत ध्यानमा राखि सुपर पावर सेभिङ मोड फिचरपनि उपलब्ध गरिएको छ । फोनमा औँला वा अनुहारको प्रयोग बाट सहजै अनलकिङ सुविधाको उपभोग गर्न सकियोस् भन्ने सोचका साथ रियर फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक प्रविधिपनि उपलब्ध गरिएको छ ।
कलरओएस ७.२
ओपो ए१५मा विभिन्न सुविधाजनक फिचर्सका साथमा समय सापेक्ष कलरओएस ७.२को प्रयोग गरिएको छ । नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्ट सहित डार्क मोड फिचर उपलब्ध छ । थ्री-फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्सपनि सपोर्ट गर्छ । साथै, आइकन पुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचरपनि फोनमा समाहित गरिएका छन् । एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जा एकसाथ सबैले आ(आफ्नो फोनमा लिन सघाउने उपयोगी म्यूजिक पार्टी फिचरपनि फोनमा उपलब्ध गरिएको छ ।
बजार उपलब्धता
माघ ५ गतेदेखि ओपोका प्रमुख विक्रि केन्द्र मार्फत फोन देशभर उपलब्ध गराइएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन् । फोनमा ३जीबी ¥याम र ३२ जीबी रोमको ब्यवस्था गरिएको छ । ओपो ए१५को बजार मूल्य रु. १८ हजार ५ सय ९० निर्धारण गरिएको छ ।