बाँकेमा काेराेनाबाट अनमीकाे मृत्यु

नेपालगञ्ज । बाँकेमा काेभिड १९ संक्रमणबाट एक स्वास्थ्यकर्मीकाे मृत्यु भएकाे छ । काेराेना संक्रमणबाट बाँकेकाे बैजनाथ गाउँपालिकामा रहेकाे टिटिहिरिया स्वास्थ्य चाैकीकाे सिनियर अनमी (छैठाैं तह) रमा भारतीकाे मृत्यु भएकाे हाे ।

उनकाे आज (शुक्रबार) बिहान भेरी अञ्चल अस्पताल बाँकेमा उपचारका क्रममा मृत्यु भएकाे बैजनाथ गाउँपालिकाले जनाएकाे छ । उनकाे निधनमा बैजनाथ गाउँपालिकाले शुक्रबार पालिकासहित अन्तर्गतकाे वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरेको छ ।

प्रतिक्रिया