गल्फ लुब्रिकेन्टको कार सुबुरा इम्पेक्सलाई
मकालु खबर
२०७७ माघ १६ गते
काठमाडौं । गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक उत्पादक तथा बिक्रेता नेपाल ल्युब आयलले एड्भान्स क्लब्ड स्कीम अन्तर्गत कम्पनीको आधिकारीक रिटेलर सुबुरा इम्पेक्सलाई सुजुकीको भिटारा ब्रेजा कार प्रदान गरेको छ ।
एक कार्यक्रमकाबीच आयलका डेपुटी जनरल म्यानेजर दिवाकर मिश्रले सुबुरा इम्पेक्सका प्रोपाइटर रामेश्वर घिमिरेलाई गाडीको चाबी हस्तान्तरण गरेका थिए ।
नेपाल ल्युबले टु ह्वीलर रिटेलर स्किम तथा जीइओ तथा डीईओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।यस्तै आर्थिक बर्ष २०७६/२०७७ तथा २०७७/२०७८ को २ वर्षको अवधिमा रिटेलरहरुले टार्गेट पूरा गरे एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको जनाएकाे छ ।
मकालु खबर
२०७७ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित