संसद् विघटनविरुद्ध जसपाले, वडा तहसम्म प्रदर्शन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध पुनः प्रदर्शन गर्ने भएको छ ।

संसद् पुनर्स्थापनाको माग गर्दै जसपाले २९ मागसम्म पुत्ला दहनसँगै नारा/जुलुशको कार्यक्रम घोषणा गरेको हो ।

शुक्रबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद् विघटनको विरोधमा कार्यक्रम गर्न लागेको अध्यक्ष भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

प्रतिक्रिया