‘केपीले आफूले आफैँलाई खलनायक बनाए’

धनगढी । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आफैँलाई खलनायकको रुपमा उभ्याएको बताएका छन् ।

शनिबार आफू निकटको विरोध सभालाई सम्बोधन गर्न धनगढी पुगेका दाहालले यस्तो बताएका हुन् । ‘केपी ओलीले आफूले आफैँलाई नै खलनायक बनाए’, सम्बोधनको क्रममा दाहालले भनेका छन्, ‘उनले नेपाली जनताले सात दशक लामो संघर्ष गरेर ल्याएको संविधान एकैछिनमा ध्वस्त पारे ।’

यस्तै दाहालले प्रतिनिधि सभा विघटन भइनसकेको दोहोर्याए । उनले भनेका छन्, ‘प्रतिनिधि सभा विघटन भएको छैन ।’ दाहालले संसद् विघटन कथित भएको बताएका छन् ।

प्रतिक्रिया