‘संसद् होइन, केपी ओली सरकार चाहिँ विघटन भयो’

धनगढी । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् नभइ केपी ओली सरकार विघटन भएको बताएका छन् ।

आफू निकटको विरोध सभलाई सम्बोधन गर्न धनगढी पुगेका दाहालले यस्तो बताएका हुन् । ‘संसद् होइन, केपी ओलीको सरकार विघटन भएको हो’, सम्बोधनका क्रममा दाहालले भनेका छन्, ‘संसद् त विघटन भएको हुँदै होइन ।’

यस्तै दाहालले सर्वोच्च अदालतले संविधान हेरेर निर्णय गर्नेमा आफू विश्वस्त भएको बताए । उनले भनेका छन्, ‘अदालतमा यो मुद्दा नभएको भए संसद् बोलाउथ्यौँ, ओलीलाई कारबाही गर्थ्यौँ, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि यो कदमलाई अलोकतान्त्रिक भनेका छन् ।’

यसैबीच दाहालले केपी ओलीले आफूले आफैँलाई नै खलनायक बनाएको बताएका छन् ।

यो पनि

‘केपीले आफूले आफैँलाई खलनायक बनाए’

प्रतिक्रिया