हामीले चुनाव जितिसक्यौँ : बादल

चितवन । गृहमन्त्री रामबहादर थापा ‘बादल’ ले आफ्नो पार्टीले चुनाव जितिसकेको अभिव्यक्ति दिएका छन् ।

आफू निकटको आमसभालाई सम्बोधन गर्न चितवन पुगेका बादलले नेपाली जनता आफ्नो पक्षमा रहेको बताउँदै चुनाव तिजिसकेको तर्क गरेका हुन् । ‘नेपाली जनता हाम्रो साथमा छन्’, बादलले भनेका छन्, ‘यसकारण हामीले चुनाव जितिसक्यौँ । चुनाव अब १६५ वटै निर्वाचन क्षेत्रमा शुरु भइसक्यो ।’

यस्तै बादलले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फुटवादीको संज्ञा दिएका छन् । बोल्ने क्रममै बादलले भनेका छन्, ‘केही फुटवादीहरुले गर्दा नेकपा आज यो अवस्थामा आइपुग्यो । तर, पनि हामी भन्छौँ । तपाईँहरु आउनुस्, आफ्नो भूल सुधार गर्नुस् । गल्ती सबैबाट हुन्छ ।’

राजनीतिक स्थायित्वको लागि प्रतिनिधि सभा विघटन गर्नुपरेको औंल्याउँदै बादलले भनेका छन्, ‘संसद् राजनीतिक स्थायित्वको लागि गर्नुपरेको हो । अब चुनावमा जानुको विकल्प छैन ।’

प्रतिक्रिया