‘पार्टी फुटेको होइन, केही मान्छेहरु बाहिर गएका हुन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा शुद्धिकरण भएको बताएका छन् । पार्टी नफुटेको दाबी गर्दै प्रधानमन्त्री ओलीले शुद्धिकरण मात्र भएको बताएका हुन् ।

शनिबार आफू निकटको आमभेलालाई सम्बोधन गर्न चितवन पुगेका प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो पार्टी फुटेको होइन । पार्टी फुटेको छैन । पार्टीभित्र शुद्धिकरणको आवश्यक थियो । भयो । सकियो ।’

यस्तै प्रधानमन्त्री ओलीले सरकारले तीन वर्षभित्र उल्लेख्य काम गरेको बताए । ‘आज देशका विभिन्न ठाउँमा तुइन विस्थापित भएको छ । आज ४ सयभन्दा बढी झोलुङ्गे पुलहरु बनिसकेका छन् । धमाधम सडकखण्डहरु बनाएका छन् । हामीले ३/४सय अस्पताल एकैचोटी शिलान्यास गर्यौँ । तर, अरुलाई यो सह्य भएन’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विकास भएको छ । किन भएको छैन ?’

प्रतिक्रिया