घोषित मितिमै चुनाव हुन्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा चुनाव हुने दाबी गरेका छन् ।

शनिबार आफू निकटको सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रधानमन्त्री ओलीले भने, ‘तोकिएको समयमा चुनाव हुन्छ । केही तत्वहरुले चुनाव हुँदैन भनेर भन्दै आइरहेका छन् । त्यस्तो हुँदैन । तपाईँहरु ढुक्क रहनुस् । चुनाव तोकिएकै मितिमा हुन्छ । घोषणा गरिकै मितिमा हुन्छ । अल्मल्याउन मात्र चुनाबकाे मिति घाेषणा गरिएकाे भन्नेहरु अल्मलिइरहुन ।’

यस्तै फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले सरकारले तीन वर्षभित्र उल्लेख्य काम गरेको बताए । ‘देशका विभिन्न ठाउँमा तुइन विस्थापित भएको छ । ४ सयभन्दा बढी झोलुङ्गे पुलहरु बनिसकेका छन् । धमाधम सडकखण्डहरु बनाएका छन् । हामीले ३/४सय अस्पताल एकैचोटी शिलान्यास गर्यौँ । तर, अरुलाई यो सह्य भएन’, प्रधानमन्त्री ओलीले भने, ‘विकास भएको छ । किन भएको छैन ?’

सरकारले आउँदो १७ र २७ बैशाखमा चुनावको घोषणा गरेको छ । गत ५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि मध्यावधि निर्वाचनको मिती बैशाखमा तोकिएको हो ।

यो पनिः
‘पार्टी फुटेको होइन, केही मान्छेहरु बाहिर गएका हुन्’ 

प्रतिक्रिया