माइतीघरमा धर्ना बस्दै प्रचण्ड-नेपाल

काठमाडौँ । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतीघरमा धर्ना बस्ने भएका छन्‌ । प्रतिनिधिसभा विघटनविरूद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको सो समूहले माइतीघरमा धर्नामा जारी राखेको छ ।

कार्यकर्ताको ध्यान केन्द्रित गर्न देश दौडाहामा रहेका दुई अध्यक्ष प्रचण्ड र नेपाल पनि आजको धर्नामा सहभागि हुने भएका हुन् । सो समूहका नेता विष्णु रिजालका अनुसार प्रचण्ड र माधव नेपाल मध्याह्न १२ बजेदेखि धर्नामा बस्नेछन्‌ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गर्दै आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेका थिए । सो कदम असंवैधानिक भएको भन्दै सत्तारूढ नेकपा दुई समूहमा विभाजित भइसकेको छ ।

प्रतिक्रिया