माइतीघरको सडकमा दाहाल–नेपाल पनि ‘टुसुक्क’

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको माइतीघरको धर्नामा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

प्रतिनिधि सभा विघटन अप्रजातान्त्रिक भएको बताउँदै दाहाल–नेपाल नेतृत्वको नेकपाले विरोध सभाहरु गर्दै आइरहेको छ ।

पहिलो चरणको विरोध कार्यक्रम सम्पन्न गरेको दाहाल–नेपाल समूहले गत १४ माघदेखि माइतीघरमा धर्ना दिँदै आएको छ ।

धर्नामा दाहाल–नेपालसँगै नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु पनि सहभागी छन् ।

प्रतिक्रिया