जो प्रदेश सभा बैठकमा गयल भएनन्

काठमाडौँ । बाग्मती प्रदेश सभाको तेश्रो बार्षिकोत्सवमा ७ जना सांसद सम्मानित भएका छन् । गत एक वर्षमा भएका सबै बैठकहरुमा उपस्थित हुने नेकपा, नेपाली कांग्रेस र साझा पार्टीका गरी ७ सांसद सम्मानित भएका हुन् ।

गत २०७४ माघ १८ गते नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको मिति अनुसार आइतबार तेश्रो बार्षिकोत्सव आयोजना गरिएको हो । सो अवसरमा सबै बैठकहरुमा उपस्थित हुने नेकपाका बसन्त मानन्धर, चन्द्र लामा, सीता अधिकारी, गोमा भुर्तेल र पार्वती सिलवाल, नेपाली कांग्रेसका नरोत्तम बैद्य तथा साझा पार्टीका प्रदेश सभा सदस्य रमेश पौड्याललाई सम्मानित गरिएको थियो ।

साथै सचिवालयमा उतकृष्ट कार्यगर्ने कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई पनि पुरष्कृत समेत गरिएको थियो । बार्षिकोत्सव समारोहको अवसरमा सचिवालय द्वारा प्रकाशित प्रदेश सभा दर्पण (चौथो अंक)को लोकार्पण पनि गरिएको थियो ।

प्रतिक्रिया