छायाङ्कनमा ‘डेराको जिन्दगी’

काठमाडौं । निर्देशक राजु अधिकारीले ‘डेराको जिन्दगी’ नामक वेवसिरिजको सुटिङ सुरु गरेका छन् । काठमाडौँमा डेरा गरी बस्ने सर्वसाधारणको कथामा बन्ने सिरिजको सोमबार भद्रकाली मन्दिरमा शुभमुर्हतसँगै छायाङ्कन थालिएको हो ।
मन्सा मन्सी क्रियशनको ब्यानरमा सरला अधिकारी (भण्डारी) निर्माता रहेको सिरिजको कार्यकारी निर्माता राजाराम गौतम र सह निर्माता सचित शाह छन् । सिरिजमा पुस्कर राउत, रमेश अधिकारी, शेखर खनाल,सुयोग्य श्रेष्ठ, निक शर्मा, रिया श्रेष्ठ, संहिता भण्डारी, सान अधिकारी, राजाराम गौतम, सोनी बिक, सूर्यकला दाहाल, गोकुल सुवेदी, सपना श्रेष्ठ, बिन्दिया शाही, शिवन लामा, सरोज दाहाल तथा बाल कलाकार अरुण कालीराजले अभिनय गर्दै छन् ।
५२ भागसम्म निर्माण गरिने सिरिज काठमाडौँ उपत्यकाभित्रै खिचिने छ । आशुतोष अधिकारी एसोसिएट डिरेक्टर रहेको सिरिजको मुख्य सहायक निर्देशक दीपक अधिकारी र छायाकार जयराम थापा छन् । मौनता श्रेष्ठको कथा तथा मन्दिल श्रेष्ठको सम्पादन रहने सिरिज केही समयमै सार्वजनिक हुने छ ।
प्रतिक्रिया