भारतमा पछिल्लाे ६ महिनायताकै कम संक्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लाे केही सातायता लगातार काेराेना संक्रमित संख्या घटिरहेकाे छ । पछिल्लाे २४ घण्टामा ८ हजार ६३५ संक्रमित थपिएका छन् । याे तथ्यांक ६ महिनायताकै सबैभन्दा कम भएकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

विश्वभरी धेरै संक्रमित भएका देशहरुको सूचीमा भारत दोस्रो स्थानमा छ । यद्यपी त्यहाँ नयाँ संक्रमितहरूकाे संख्या सन्तोषजनक तरिकाले न्युन हुँदै गएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएकाे छ ।

भारतमा काेराेना संक्रमित संख्या एक करोड सात लाख ६७ हजार २०६ पुगिसकेकाे छ । संक्रमितमध्ये एक लाख ५४ हजार ५२२ जनाले ज्यान गुमाइसकेका छन् । अहिले त्यहाँ एक लाख ६४ हजार २७८ जना सक्रिय संक्रमित रहेकाे जनाइएकाे छ । एजेन्सी

प्रतिक्रिया