नेपालले संघीयताकाे भार थेग्न सक्दैन, खारेज गराैँ – निरूदेवी पाल
काठमाडाैं । विघटित प्रतिनिधिसभा सदस्य निरुदेवी पालले मुलुकले संघीयताकाे भार थेग्न नसक्ने भन्दै यसलाई खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेकी छिन् ।
तलबभत्तामै देशकाे ढुकुटी नसिध्याउन अनुराेध गर्दै सांसद पालले फेसबुकमा लेखेकी छिन् – ‘सम्माननीय प्रधानमन्त्रीज्यु, हाम्रो मुलुकले यत्रो तामझाम व्यहोर्न सक्दैन नेताहरूको सुरक्षा पनि कटौती गरौँ । सम्माननीय प्रधानमन्त्रीज्यु यही एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ । मेरो अनुरोध हजुरलाई ।’
नेकपा नेतृ पालले संघीयता सेतो हात्ती भएको उल्लेख गर्दै सानो मुलुक नेपालले संघीयताको भार थेग्न नसक्ने भएकोले स्थानीय सरकारलाई बलियो बनाउँदै प्रदेश संरचना खारेज गर्न आग्रह गरेकी हुन् ।
बिहीबार साँझ पालले फेसबुकमा लेखेकी छिन्, ‘ सम्माननीय प्रधानज्युलाई फेरिपनी मेरो अनुरोध छ। मलाई पार्टीले कारबाही गरे पनि गरोस् कुनैदिन टिकट पाएछु र जनताले हराए छन् भने पनि ठिकै छ सहुँला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकामा विदेसीको ऋण छ तसर्थ प्रधानमन्त्रीज्यु यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठीभर नेता त खुसी छौं, कोही मुख्यमन्त्री कोही प्रदेश मन्त्री कोही सांसद छौं । तलब भत्तामै देशको ढुकुटी नसिध्याऔं । जनताले चाहेको अधिकारको विकेन्द्रीकरण हो बरू स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं जनताको घरदैलामा सर्वसुलभ ढंगले सेवा पुर्यायौं। तर प्रदेश सरकार खारेज गरौं । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं। सम्माननीय प्रधानमन्त्रीज्यु, तर हाम्रो मुलुकले यत्रो तामझाम व्यहोर्न सक्दैन नेताहरूको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्रीज्यु यही एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ । मेरो अनुरोध हजुरलाई ।’