नारायणहिटी पुगे ओली

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी संग्राहलय पुगेका छन् । आफू पक्षीय शक्ति प्रदर्शनमा सम्बाेधनका लागि उनी शुक्रबार दिउँसाे नारायणहिटी पुगेका हुन् ।

आज ओली पक्षले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ शक्ति प्रदर्शनसहित सभा आयोजना गरेको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि आयोजित जनसभाका लागि विभिन्न क्षेत्रबाट जुलुस निकालिएकाे थियाे । बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट जुलुस निकालिएकाे हाे ।

ओली पक्षकाे शक्ति प्रदर्शनले यातायात अस्तव्यस्त बनेकाे छ ।

प्रतिक्रिया