संविधानकाे रक्षार्थ अदालत पुगेँ : सभामुख सापकाेटा

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख अग्नी सापकाेटाले संविधानकाे रक्षाका लागि आफू सर्वोच्च अदालत पुगेको बताएका छन् ।

शुक्रबार अदालतबाट फर्किएपछि एक विज्ञप्ति जारी गर्दै सभामुख सापकाेटाले शृंखलाबद्ध रूपमा संविधानकाे उल्लंघन भएपछि संविधानकाे रक्षार्थ संविधान र कानूनकाे अन्तिम व्याख्या गर्ने संवैधानकि अधिकार रहेकाे अदालतमा पुगेकाे उनले बताएका हुन् ।

सभामुख सापकाेटाले संविधानको मर्म र भावना विपरित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने, सोही अध्यादेश अनुसार अनधिकृत रुपमा बैठक बसी पदाधिकारी सिफारिस गर्ने, प्रतिनिधिसभा विघटन गर्ने र संसदीय सुनुवाई वेगर संवैधानिक आयोगहरुमा पदाधिकारीको नियुक्ति गर्ने लगायतका काम कारवाही संविधानमाथि एकपछि अर्को प्रहार भइरहेको पनि बताए ।

 

प्रतिक्रिया