मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान दिन्नँ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरी कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताएका हुन् ।

उनले प्रचण्ड–माधव समुहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताए । तथाकथित नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समूहलाई व्यंग्य गरे ।

‘उहाँहरु भन्नुहुन्छ, अब शाहाकारी आन्दोलनलाई हुँदैन भनेर । शाहाकारी आन्दोलन हुँदैन भनेको के हो ? चिकेन चिल्लि खान्छु भन्या हो ? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो,’ उनले भने, ‘म उहाँहहरुलाई भन्दिन चाहन्छु नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन । नेपाल शान्तिपुर्ण । अब नेपाल अशान्ति र हिंसाको भूमरीमा जान सक्तैन । शान्तिपुर्ण नेपाल रहन्छ ।’

प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गरे । जनताले सरकारलाई ५ बर्ष काम गर्ने म्याण्डेड दिएको भएपनि प्रचण्ड–माधव समुहले व्यवधान गरेकाले संसद विघटन गरी ताजा जनादेशमा गएको उनले स्पष्ट पारे ।

प्रचण्ड माधव समुहले संवैधानिक नियुक्तिमा अवरोध गरेको उनले आरोप लगाए । उनले लोकतन्त्रलाई ठिक ढंगले चल्न नदिनेहरु गएपछि सबै कुरा ठिक भएको भन्दै अब मुलुक स्थिरतातर्फ उन्मुख भएको बताए ।

सभामा ‘राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताए ।

प्रतिक्रिया