रहर भए ‘ओली बा’ समूह खाेले हुन्छ
काठमाडाैं । नेकपाकाे नेपाल-दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधामन्त्री केपी शर्मा ओलीको समूहलाई चोइटिएको समूहको संज्ञा दिँदै ‘ओली बा समूह’ खोल्न सुझाव दिएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडाैंमा सम्बाेधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई आफूहरुले साधारण सदस्यताबाट समेत बर्खास्त गरिसकेकाले उनको नेकपासँग कुनै सम्बन्ध नभएको दाबी गरे ।
‘चोइटिएको समूह पार्टीको मूल समूह हुन सक्ने कुरा भएन । रहर छ भने ओली गुट भनेर खोले हुन्छ । ओली बा समूह खोल्दिए सबभन्दा राम्रो । ओली बालाई मन पराउनेहरु उतै जान्छन् । जहाँ नेकपा पार्टी छ, जहाँ हामी छौ त्यहाँ सूर्य चिन्ह आउँछ,’ उनले भने ।
यस्तै नेता नेपालले लोकतन्त्र, गणतन्त्र र संविधान कमजोर बनाउने र जोगाउने बीचको संघर्ष भएकाले जसरी पनि आफुहरुले जित्नै पर्ने भन्दै लोकतन्त्र र संविधान रक्षाको पक्षमा एकजुट हुन आव्हान गरे ।