जनार्दन शर्माकाे आरोप – ओलीले कुर्सीसँग संविधान साट्न खाेजे
मकालु खबर
२०७७ माघ २८ गते
काठमाडौं । नेकपाको नेपाल–दाहाल समूहका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीसँग संविधान साट्न खाेजेकाे आरोप लगाएका छन् ।
बुधबारकाे सभालाई सम्बोधन गर्दै गर्दै नेता शर्माले प्रधानमन्त्रीमाथि साे आरोप लगाएका हुन् । तानाशाहविरुद्ध संघर्ष गरिरहेकाे बताउँदै उनले प्रधानमन्त्रीले संसद पुनःस्थापना नगरे जनता विद्राेहमा उत्रिने चेतावनी समेत दिए ।
कार्यक्रममा उनले भने, ‘सञ्चार क्षेत्रमा अंकुश लगाउने तानाशाह विरुद्ध हामीले संघर्ष गरिरहेका छौँ । समयमै नचेते जनता विद्राेहमा उत्रिनेछन् । त्यो विद्रोहले सबै संघीयताविरोधी, गणतन्त्र विरोधी र जनअधिकारविरोधीलाई समाप्त पार्नेछ ।’
मकालु खबर
२०७७ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित