भागरथीकाे हत्यारालाई कारवाहीकाे माग गर्दै नेविसंघ प्रदर्शनमा

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको कारवाहीकाे माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेकाे छ ।

भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नेविसंघले आज (बिहीबार) बानेश्वरमा प्रदर्शन गरेकाे हाे ।

भागरथी भट्टकाे बलात्कार तथा हत्याकाे विराेधमा देशभरका विभिन्न जिल्लामा दिनहुँजसाे प्रदर्शन भइरहेका छन् । कलाकारदेखि राजनीतिकर्मीसम्म उनकाे न्याय माग्दै सडकमा ओर्लिएका छन् ।

बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार विभत्वस अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा उनकाे बलात्कारपछि हत्या भएकाे पुष्टि भइसकेकाे छ । अहिलेसम्म दाेषी पत्ता लागिसकेकाे छैन ।

प्रतिक्रिया