१४ पत्रकारले पाए ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मान
काठमाडाैं । भुकम्पबाट अति प्रभावित १४ जिल्लाका पत्रकारहरुलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मान प्रदान गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोग तथा सोही संस्था र नेपाल पत्रकार महासंघको सहकार्यमा १४ जिल्लाका पत्रकारहरुलाई साे सम्मान प्रदान गरिएकाे हाे ।
सम्मानित हुनेहरूमा गाेरखाका भिमलाल श्रेष्ठ, धादिङका नवराज छत्कुली, काभ्रेका मोतीराम तिमल्सिना, सिन्धुलीका राजकुमार कार्की, रसुवाकी अनुकुमारी आचार्य, काठमाडाैंकी विद्या राई, सिन्धुपाल्चाेककि दुर्गा आचार्य, मकवानपुरकी सम्झना रिजाल, ओखलढुंगाका शिवप्रसाद ढुंगाना रहेका छन् ।
यस्तै ललितपुरका रामहरी कार्की, भक्तपुरकी सम्झना पाैडेल, नुवाकाेटकी शर्मिला उप्रेती, दाेलखाकी उषा तामाङ र रामेछापकी जानुका पाैडेल पनि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल– पुननिर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मानबाट सम्मानित भएका छन् ।
सम्मानित पत्रकारहरूलाई फागुन २ गते दिउँसो १ बजे महासंघ केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बिच नगद १२ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिने महासचिव रमेश विष्टले जानकारी दिए ।
नेपालमा २०७२ सालकाे वैशाख १२ र २९ गते विनाशकारी भूकम्प गएकाे थियाे । भूकम्पबाट मुलुकमा पुगेको भौतिक क्षतिको सिघ्र पुननिर्माण गर्ने प्रमुख उद्देश्यसहित भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुननिर्माण कार्य सम्बन्धमा यही पुस २० देखि माघ २० सम्म प्रकाशित प्रसारित समाचार सामग्रीसहितको विवरण पठाउन सार्वजनिक आह्वान गरिएकाे थियाे । साथै १४ जिल्लाका महासंघ शाखामा पनि पत्राचार गरिएको थियाे । प्राप्त भएका समाचार सामग्रीहरु मध्ये संयुक्त मूल्याकंन समितिले १४ उत्कृष्ट समाचार सामग्रीको मूल्यांकन विवरण महासंघ केन्द्रीय कार्यालयमा पठाएकाे हाे ।