मृत्युपछि शरीर दान गर्ने सत्यमोहन जोशी दम्पतीको घाेषणा
मकालु खबर
२०७७ माघ ३० गते
काठमाडाैं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने घाेषणा गरेका छन् ।
आज (शुक्रबार) ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमका बिच १०१ वर्षीय सत्यमाेहन जाेशी र उनकी श्रीमती ९६ वर्षीया राधादेवी जोशीले मृत्युपछि शरीर दान गर्ने घाेषणा गरेका हुन् ।
मृत्युपछि आ-आफ्नो भौतिक शरीर किष्ट मेडिकल कलेजलाई दान दिने जाेशी दम्पतीकाे भनाइ छ । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि उनीहरूले शरीर दान गर्ने निर्णय गरेका हुन् ।
मकालु खबर
२०७७ माघ ३० गते
प्रतिक्रिया
सम्बन्धित