छाउपडी प्रथा अन्त्यका लागि राष्ट्रव्यापी चित्रकला
मकालु खबर
२०७७ फागुन ११ गते
काठमाडौँ । अछाममा छाउपडि सम्बन्धि राष्ट्रव्यापि बृहत चित्रकला प्रतियोगिता हुने भएको छ । जिल्ला प्रशासन कार्यलय अछामको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।
समाजमा रहेको छाउपडि प्रथा, बालबिवाह र जातिय विभेदको अन्त्यका लागि राष्ट्रव्यापि बृहत चित्रकला प्रतियोगिता हुन लागेको जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, दोस्रोलाई, ३० हजार र तेस्रो हुनेलाई २० हजार पुरस्कार प्रदान गरिनेछ ।
छाउपडि प्रथा, बालबिवाह र जातिय विभेद झल्कने गरी बनाइएको चित्र फाल्गुन १८ गतेसम्म जिल्ला प्रशासन कार्यलयको इमेल [email protected] मा पठाईसक्नु पर्ने छ ।
विस्तृत हेर्नुहोस् :-
मकालु खबर
२०७७ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित