अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध अवधि तीन महिना थप
मकालु खबर
२०७७ फागुन २० गते
सिड्नी । अस्ट्रेलियामा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध अवधि लम्ब्याइएकाे छ । अस्ट्रेलियाले गत वर्षको मार्च महिनादेखि लागू गरेकाे ‘आपतकालीन यात्रा प्रतिबन्ध’ लाई तीन महिना थप गर्दै आगामी जुन १७ सम्म लम्ब्याउने घोषणा गरेकाे हाे ।
मङ्गलबार बेलुकी त्यहाँका स्वास्थ्यमन्त्री ग्रेग हन्टले काेभि आपतकालीन यात्रा प्रतिबन्धलाई लम्ब्याउने घोषणा गरेका हुन् । काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्ने सम्भावना देखिएका कारण प्रतिबन्ध अवधि लम्बाइएकाे उनकाे भनाइ छ ।
साे घाेषणासँगै त्यहाँ रहेका नागरिकले त्यस अवधिसम्म कुनै पनि अन्तर्राष्ट्रिय यात्रा गर्न पाउने छैनन् भने अन्तर्राष्ट्रिय यात्रुहरू अस्ट्रेलिया आउन पाउने छैनन् । विशेष कारण र सरकारको अनुमतिविना विदेश भ्रमणमा जान पाइने छैन ।
मकालु खबर
२०७७ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित