अवार्डलाई झापड
काठमाडौँ । विदेश जाने कडी, पैसामा किनबेच हुने, निष्पक्ष नहुने, स्पाेन्सर गर्नेलाई नै दिइने लगायत भनेर नेपालका धेरै अवार्डहरुबारे टिप्पणी गर्ने गरिन्छ । सिजन चलेपछि एकै दिनमा दुई भन्दा बढी अवार्ड हुने गरेको पनि पाइने गरेकाे छ । कतिपय अवार्ड आयोजकलाई अवार्ड ‘दलाल’ सम्म पनि भन्ने गरिएकाे छ ।
कलाकार निर्मल शर्माले नेपालका अवार्डबारे ब्यँग्य गरेका छन् । फेसबुकमा उनी लेख्छन्-
‘हिजो कामैले दुई घन्टा अनामनगर तिरको स्टुडीयोमा बस्नै पर्यो, अनुहार छोपेरै तेहाँबाट उम्कन सफल भए,नत्र समाएर अवार्ड र सम्मान गर्दीने पो होकी भन्ने डर त्रास भय टन्नै थियो म भित्र’
अनामनगरका चिया पसलदेखी विभिन्न कार्यालयमा पछिल्लो समय अवार्ड कै चर्चा धेरै हुन्छ । लायकलाई भन्दा पनि आफ्नालाई अवार्ड दिने गरेकाे भनेर अवार्डहरु बद्नाम हुने गरेका छन् । अझ उपस्थिति हेरेर कसलाई दिने भनेर कार्यक्रम स्थल मै निर्णय पनि हुने गरेकाे भनेर सम्बन्धित क्षेत्रका ब्यक्तिहरुले नै भन्ने गरेकाे पनि सुनिन्छ ।
फिल्मकर्मी तथा पत्रकार लक्ष्मण सुवेदीले कटाक्ष गर्दै अवार्ड कार्यक्रमको रिहर्सलको समयमा ४,५ वटा म्युजिक भिडियोमा काम गर्न सकिने बताएका छन् । फेसबुकमा उनले लेखेका छन्- `रिहर्सल गरीगरि नाचुन्जेल त चार वटा भिडियो भ्याइन्छ..,´´ क्यापले टाउको, चश्माले आँखा अनि मास्कले नाक र मुख छोपीएको थियो, भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, बिराज भट्ट,आर्यन सिग्देल आदि भए पो आवाजैले चिनीन्थ्यो त। हिरो त हिरो हुन ती भाइ, तर ठ्म्याउन सकिन, चाहना पनि भएन, दिउँसो अनामनगरको एक रेस्टुरेन्टमा खसोखस कुरा गर्दैथिए । (शोभित बस्नेत थुक्क थुक्क गर्दै बम्कनु अस्वभाविक होइन ।)’
त्यस्तै, अवार्ड पाउँदा मात्रै आउने हिरोहरूलाई फिल्मकर्मी शाेभित बस्नेतले ‘थुक्क’ भनेका छन् । आयोजकको फोन आएर ‘अवार्ड पाउँदैछौ’ भन्दा मात्रै आउने नायकहरूलाई उनले चलचित्र क्षेत्र छोड्न सुझाव दिएका छन् । उनले बरु देश छोड, चलचित्र क्षेत्र छोड तर कलाकार हो भन्छौ भने नेफ्टा अवार्डमा आउ भनेका छन् । चलेका भनिएका नायक नै अवार्डको सहयोगमा नभएको आक्रोश उनले पोखेका हुन् ।
अवार्ड प्रतिको विश्वसनीयता घट्दो छ । तर अचम्म अवार्ड कार्यक्रमको सङ्ख्या भने दिनानुदिन बढ्दो छ ।
बर्खे च्याउसरि उम्रिएका यस्ता अवार्डकाे निमयन कसले गर्ने हाेला त ?