पशुपतिनाथमा साधुसन्तको चहलपहल [फोटो फिचर]

काठमाडौं । काठमाडौंस्थित पशुपति क्षेत्रमा साधुसन्तहरूको चहलपहल बढेको छ । बुधबारको महाशिवरात्री मनाउनका लागि सयौंको संख्यामा साधुसन्त पशुपति आएका हुन् ।

मङ्गलबार बेलुकादेखि नै पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तलाई भोजनसहित धुनीको व्यवस्था पनि गरिएको छ ।

महाशिवरात्रीमा विशेषगरी भारतबाट साधुसन्तहरू आउने गरेका छन् । उनीहरुलाई पशुपति क्षेत्र विकास काेषले सिदासहित बिदा गर्ने चलन छ ।

पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भने बुधबार बिहानदेखि भोजन र बेलुकीदेखि धुनीको व्यवस्था गरिने गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

कोरोना महामारीको जोखिम कायमै भए पनि पशुपति क्षेत्रमा विगत वर्षमा जत्तिकै साधुसन्त महाशिवरात्री मनाउन आएको कार्यालयले जनाएको छ । विशिष्ट साधुसन्त भने कम देखिएको जनाइएको छ ।

तस्वीरहरू:

प्रतिक्रिया