विश्वव्यापी बियर ब्रान्ड ‘एड्वाइजर’को नेपालमा बिक्री सुरु
काठमाडौं । विश्वकै अग्रपंक्तिको बेभरेज कम्पनी अन्हाइजर बुस इन्बेभ (एबि इन्बेभ)ले दक्षिण एशियामा आफ्नो उपस्थिति सुदृढ गर्दै बिहीबारबाट नेपालमा आफ्नो ग्लोबल ब्राण्ड बड्वाइजरको बिक्री सुरु गर्ने घोषणा गरेको छ ।
संसारका १५० भन्दा बढी देशमा सफलता प्राप्त गरिसकेको लोकप्रिय अमेरिकी लागर बियर बड्वाइजरको स्वादको अब नेपाली उपभोक्ताले समेत लिन पाउने भएको कम्पनीले जनाएको छ ।
बड्वाइजरको नेपालमा बिक्री थालिएसँगै एबि इन्बेभले आफ्नो उत्पादन विस्तार गर्न उपभोक्ताका प्राथमिकता विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको जनाएको छ । एबि इन्बेभले जावालाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरी प्रालिसँग एक विशेष साझेदारी मार्फत फोस्टर्स बियर नेपालमा प्रवेश गराउँदै नेपाली बजारमा आफ्नो आगमन जनाइसकेको छ ।
एबि इन्बेभका भारत र दक्षिण पूर्व एशियाका अध्यक्ष कार्तिकेय शर्माले भने– ‘हामी नेपालमा हाम्रा उपभोक्ताका लागि बड्वाइजर सबैभन्दा लोकप्रिय ग्लोबल बियर ब्राण्ड हो भनेर परिचय गराउन पाउँदा खुसी छौं । बढ्दो युवा जनसङ्ख्या र बियर रुचाउने जमातका कारण नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण बजार भएको छ । नेपालको प्रतिष्ठित राज ब्रुअरीसँगको सहकार्यले नेपालमा हाम्रो प्रतिवद्धता समेत प्रष्ट पारेको छ ।’
बड्वाइजरको सुरुवात सन् १८७६ मा संयुक्त राज्य अमेरिकामा एक अमेरिकन स्टाइल लागर बियरको रुपमा भएको थियो । आज पनि बड्वाइजर १४० वर्षको ब्रुइङ्ग प्रक्रियाको माध्यमबाट आफ्नो बेग्लै पहिचान र संसारभर आफ्नो अलग्गै छाप छोड्न सफल भएको छ । उत्तम सन्तुलन र स्वादको लागि बड्वाइजर आयातित सुगन्धित हप्स, माल्टेड जौ र चामलको समिश्रणबाट बनाइन्छ । बड्वाइजर प्राकृतिक कार्बोनेसन, बीचवुड एजिङ्ग र लामो समयसम्म प्रशोधन गरी तयार गरिएको हुन्छ । यसले स्वादमा सन्तुलन र रुची बनाइ राख्छ ।
जावलाखेल ग्रु अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भने– ‘राज ब्रुअरीलाई विश्वव्यापी बियर जाएन्ट एबि इन्बेभले छनौट गरी विश्वको सबैभन्दा लोकप्रिय बियर नेपालमै उत्पादन गर्न दिनु हाम्रो लागि एकदमै सम्मानको कुरा हो । यो सम्भव हुनुको मुख्य कारण राज ब्रुअरी दक्षिण एसियाको सर्वोत्कृष्ट मध्यको एक ब्रुअरी पनि हो ।’
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका कार्यकारी निर्देशक सशीन जोशीले भने, ‘हामी विश्वको सबैभन्दा प्रतिष्ठित ब्रान्ड बड्वाइजर नेपालमा भित्र्याएर नेपाली युवाको यस बियरको चाहना पूर्ति गर्न एबि इन्वेभसँग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँ । जावलाखेल गु्रप अफ इण्डष्ट्रिज नेपाली उपभोक्ताहरुलाई उत्कृष्ट र सर्वश्रेष्ठ गुणस्तरका उत्पादनहरुको अनुभव प्रदान गर्न सधैँ प्रतिवद्ध रहेको छ ।’
जावलाखेल ग्रुप अफ अफ इण्डष्ट्रिज नवीनतम उत्पादन र नयाँ बेन्चमार्क कायम गर्दै युवा ग्राहकको नवीनतम तथा गुणस्तरीय पेय पदार्थप्रति आकर्षणको पूर्ति गर्न अत्याधुनिक ब्रुअरीबाट उत्पादन गर्दै आएको छ । यस ब्रुअरीले सन् २०१८ देखि जर्मनीको आइकनिक ब्राण्ड, वार्सटाइनर प्रिमियम जर्मन बियर उत्पादन गर्दै आइरहेको छ, जसले नेपाली बियर अनुयायी माझ राम्रै सफलता हासिल गर्न सफल भएको पाइएको छ ।