नेप्सेमा ५१ अंकको गिरावट

काठमाडौं । नेपालको सेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५१.२३ अंकले घटेको छ । परिसूचक आइतबार २४०७.२५ बिन्दुमा ओर्लिएको छ । एक महिनाअघि मात्रै झण्डै २७ सय अंक नजिक पुगेको परिसूचक घट्ने क्रम जारी छ ।

आइतबारको कारोबारमा सेन्सेटिभ इन्डेक्स समेत १०.१० अंकले घटेर ४३५.१३ अंकमा खस्किएको छ ।

आइतबार कारोबार रकमसमेत घटेको छ । यस दिन ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपैयाँमा २ सय ११ कम्पनीका ९९ लाख ३ हजार ७ सय ४ कित्ता सेयर कारोबार भए ।

आइतबार सबैभन्दा बढी चन्द्रागिरि हिल्स लिमिटेडले कमाएको छ । यस दिन चन्द्रागिरिको सेयर ८० रुपैयाँ अर्थात् ९.९५ प्रतिशतले बढेर ८ सय ८४ रुपैयाँ पुगेको छ । त्यस्तै, माथिल्लो तामाकोसीको ५८ रुपैयाँ अर्थात ९.८५ प्रतिशतले बढेर ६ सय ४७ रुपैयाँ पुगेको छ ।

त्यस्तै पञ्चकन्या माइ हाइड्रो, घलेम्दी हाइड्रो र रैराङ हाइड्रोको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

हिमालयन पावर पार्टनरको शेयर ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

यस दिन होटल तथा पर्यटन र जलविद्युत बाहेकका सम्पूर्ण समूहको सूचक ओरालो लागेका छन् ।

प्रतिक्रिया