बजाजले ल्यायो शून्य अफर

काठमाडौँ । हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ बजाज किन्ने ग्राहकहरुका लागि ‘बजाज शून्य अफर’ ल्याएको छ । नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा बजाजका बाइक खरिद गर्दा ग्राहकले शून्यबाटै लाखौं लाख जित्न सक्नेछन् ।

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा बिक्रेताबाट खरिद गर्नुपर्नेछ । बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई बिक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।

यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि १० हजार रुपैयाँ निश्चित रुपमा प्राप्त गर्न सक्ने बताइएको छ । यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुनेछ । कम्पनीले नयाँ वर्षमा यो अफर ल्याउनको मुख्य उद्देश्य ग्राहकलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट बाइकहरुको सवारीले निश्चिन्त बनाउनु भएका जनाएको छ ।

प्रतिक्रिया