दीपक मनाङ्गे खेलकुद मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गुरुङले सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) लाई युवा तथा खेलकुदमन्त्री बनाएर मन्त्रीपरिषद बिस्तार गरेका हुन् । उनले केही बेरमा मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको मूख्यमन्त्री गुरुङको सचिवालयले जानकारी दिएको छ ।

मूख्यमन्त्री  गुरुङबिरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएपछि पाेखरामा सरकारकाे पक्षमा बहुमत पुर्याउन उनलाई हम्मे हम्मे परेको छ । मनाङ्गेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएर विपक्षी दलले ल्याएकाे प्रस्ताबकाे पक्षमा मतदान गर्ने बताएका थिए । तर बुधबारकाे संसद बैठकमा भने उनी अनुपस्थित थिए ।

प्रतिक्रिया