कैलालीमा दुई कोभिड संक्रमितको मृत्यु
मकालु खबर
२०७८ वैशाख १८ गते
धनगढी । कैलालीमा थप दुई काेभिड-१९ सङ्क्रमित महिलाको मृत्यु भएको छ । संक्रमणका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका-३ की ५९ वर्षीया महिलाको गएराति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका-५ की ५० वर्षीया सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १: ०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।
मकालु खबर
२०७८ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित