राप्रपाको महाधिवेशन स्थगित

काठमाडौं । जेठ अन्तिम साता गर्नै तय भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ ।

राप्रपाका तीनैजना नेता समेतकाे बैठकले काेराेनाकाे महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै
जेठ २२- २५ गते हुने भनिएकाे महाधिवेशन स्थिगत गर्ने निर्णय गरेकाे हाे । महाधिवेशनकाे नयाँ मिति उपयुक्त समयमा तय गर्ने राप्रपाले जनाएकाे छ ।

कोरोना संक्रमण दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोप्रति राप्रपाले चिन्ता व्यक्त गरेको छ ।

राप्रपाले संक्रमितका लागि अस्पतालमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसंगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन राप्रपाले सरकारसंग माग पनि गरेको छ ।

राप्रपाले आम आम सेवाको सुरक्षित रहि सेवामा लाग्न पार्टीका सबै तहका नेता कार्यकर्तालाई पनि आग्रह पनि गरेकाे नेता माेहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *