जसपाको कुनै बैठक डाकिएको छैन : ठाकुर
मकालु खबर
२०७८ जेठ १ गते
काठमाडौं । जनता मसाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी कार्यालय, बालकुमारीमा कुनै बैठक नडाकिएको बताएका छन् ।
शनिवार विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले भनेका छन्– ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको ब्यहोरा सम्बन्धिन सबैलाई स्पष्ट गरिन्छ ।’
यसअघि डा. बाबुराम भट्टराई–राजेन्द्र महतोपक्षीय जसपाले दिउँसो १ बजेका लागि कार्यकारिणी समितिको बैठक डाकेको थियो । ‘समसामयिक विषयमा छलफल गर्नेगरी बैठक डाकिएको हो,’ जसपा सांसद रेनुकुमारी यादवले मकालु खबरसँग भनेकी थिइन् ।
बैठक अहिले जारी छ । शुक्रवार महन्थ–राजेन्द्र महतो पक्षका सांसदहरुले महतोलाई दलको नेतामा चनय गरेपछि जसपाभित्र विवाद चुलिएको छ।
मकालु खबर
२०७८ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित