वार्षिक ८.५ प्रतिशत ब्याज दिने एनएमबिको ऋणपत्र खुला
काठमाडौं । एनएमबि बैंकले आइतबारबाट ‘एनएमबि डिबेन्चर २०७७/७८’ को बिक्री खुला गरेको छ ।
वार्षिक ८.५ प्रतिशत व्याज दिने गरी एनएमबि बैंकले ल्याएको यो एक ऋण पत्र हो । प्रतिकित्ता १ हजार अंकित दर रहेको यो ऋणपत्र कम्तिमा २५ कित्ता खरिद गर्न पाइन्छ ।
आफूले किनेको ऋण पत्रको व्याज बैंकले प्रत्येक ६/६ महिनामा भुक्तानी गर्ने छ । त्यस्तै, १० वर्षपछि उक्त ऋण बैंकले ब्याज मुनाफासहित खरिदकर्तालाई भुक्तानी गर्ने छ । एक हिसाबले यो सर्वसाधारणसँग बैंकले लिने ऋण नै हो ।
यो ऋण पत्रमा आवेदन दिन छिटोमा ५ वैशाख र आवेदन पर्याप्त नपरेको अवस्थामा ढिलोमा १६ गतेसम्ममा म्याद ताेकिएकाे छ ।
कुल २ अर्ब रुपैयाँको यस ऋणपत्र मध्ये १ अर्ब २० करोड ‘प्राइभेट प्लेसमेन्ट’ मार्फत बिक्री गर्ने भएको छ । त्यस्तै, ४ करोड सामुहिक लागानी कोषलाई र ७६ करोड सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
बैंकले नै लिने भएकाेले याे ऋण दिँदा वा ऋण पत्र खरिद गर्दा लागनीकाे जाेखिम भने कम हुने देखिन्छ ।