पाेखरामा नेविसंघकाे मशाल जुलुस

पाेखरा । नेपाल विद्यार्थी संघले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध शनिबार बेलुका मसाल जुलुस प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघ पाेखराले त्यसका विरुद्ध राँके जुलुस निकालेको हो । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *