निरुदेवी पालले बुझाइन् संसद् सचिवालयको गाडी
मकालु खबर
२०७८ जेठ १३ गते
काठमाडौं । संघीय संसद्को महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले लिँदै आएको सेवा फिर्ता गरेकी छन् । सभापति पालले बिहीबार आफूले प्रयोग गर्दै आएको बा १ झ ४८७४ नं.को गाडी संसद् सचिवालयलाई फिर्ता गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते संसद् विघटन गरेपछि सभापति पालले आफूले लिँदै आएको सरकारी सुविधा फिर्ता गरेकी हुन् । सभापति पालले भनिन्— ‘मैले प्रयोग गर्दै आएको गाडी आज सकुशल सवारी साखामा बुझाएकी हुँ ।’
मकालु खबर
२०७८ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित