चुनावलाई लिएर प्रियंका आक्रोशित
मकालु खबर
२०७८ जेठ १५ गते
काठमाडौँ । नायिका प्रियंका कार्की सरकारप्रति आक्रोशित बनेकी छन् । विषम् परिस्थितिमा सरकारले मध्यावधि चुनावलाई प्राथमिकतामा राखेको भन्दै नायिका कार्कीले आक्रोश पोखेकी हुन् ।
धेरै मानिसहरू समस्यामा भएको हुनाले चुनावमा हुने खर्च स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने उनको माग छ । अक्सिजन, आइसीयू बेड, भेन्टिलेटर, भ्याक्सिनलगायतका विषयमा सोच्नुपर्ने उनले बताएकी छन् ।
आक्रोशसहितको लामो पोस्टमा उनी लेख्छिन्— ‘तिम्रो देश जलिरहेको छ। जनताहरू मरिरहेका छन् । आक्रोश फैलिएको छ। त्रास छ। डर छ।’
हेरौँ उनको पोस्ट :
मकालु खबर
२०७८ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित