चौधरी उद्योगग्राममा लागेको आगो नियन्त्रणमा [अपडेट]

काठमाडौँ । चौधरी उद्योगग्रामको बियर फ्याक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ मा अवस्थित उद्योगमा लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको हो ।

बिहान ८ः२० बजेबाट आगो गरेको थियो । दुईवटा दमकल, नेपाली सेना, सशस्त्र र जनपद प्रहरी, उद्योगका कर्मचारी र स्थानीयवासीको प्रयासमा आगो निभाइएको देवचुली-२ का वडाध्यक्ष माधव केसीले जानकारी दिए । विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ ।

यो पनि : चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

यद्यपि, आगलागीबारे प्रहरीले छानबिन थालेको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *