नेपालमा कोभिड कम हुँदै गएको हो ?
काठमाडौं । कोरोना भाइरस सङक्रमितको संख्या तीव्र रुपमा फैलिरहेको अवस्थामा कन्ट्रयाक ट्रेसिङ शून्यजस्तै थियो । त्यो बेलामा या त परिवारमा संक्रमण भएका या त स्वयम् व्यक्ति नै बिरामी भएकाहरु मात्र परीक्षणका लागि आउने गर्दथे । अहिले पनि कन्ट्रयाक ट्रेसिङ रोकिएको अथवा पहिले गरेर अहिले परीक्षण गर्न छाडेको भन्ने अवस्था त होइन । तर अहिले पनि धेरै मानिस शंका लागेको खण्डमा परीक्षण गर्न आउने गरेका छन् ।
संसारका कुनै पनि कुनामा कुनै पनि भेरियन्ट त बन्न सक्छ । यो सम्भावना पनि रहन्छ ।
यसले के संकेत गर्छ भने नेपालमा कोभिड कम हुँदै गएको हो ? त्यो बेला थिए र डरका कारणले गर्दा पनि उनीहरुले कोरोना परीक्षण गराए । अहिले परीक्षण र सङक्रमित दुवै कम भएको तथ्यांक आइरहेको छ । पछिल्लो समय सङ्क्रमित भएर निको हुनेक्रम पनि बढ्दो छ, जसका कारण कोरोना अलि कम हुँदै गएको होकि भनि अनुमान लगाउन सकिन्छ ।
साथै पछिल्लो दुई हप्ता यता अस्पतालहरु पनि अक्सिजन नभएर हाहाकार हुने मानिसको ज्यान नै जाने अवस्था छैन । त्यो तनाव अहिले धेरै कम भएर गयो । अनि हामीले पछिल्लो दिनहरुमा एम्बुलेन्सको आवाज पनि कम मात्र सुनिन्छ । यो काठमाडौं उपत्यकाको कुरा भयो । तर गाउँतिर भने बढिरहेका खबरहरु आइरहेका छन् । नेपालभरीको कुरा गर्नुपर्दा चाहिँ शहरतिर केही कम हुन लागेको संकेत देखिँदै गर्दा गाउँमा बढ्दै गएको पो हो कि भन्ने देखिएको छ ।
विभिन्न भेरियन्ट र जोखिम
भाइरसको भेरियन्टहरु बन्ने क्रम जारी रहन्छ । यो कुनै नौलो कुरा रहेन । कोरोना भाइरसको म्युटेसन निरन्तर रहन्छ । यो पहिले पनि थियो र अहिले पनि छ । जुन पछि पनि हुनेछ । त्यसकारणले गर्दा नयाँ नयाँ भेरियन्टहरु देखिने क्रम पनि जारी रहन्छ । कुनै नयाँ भेरियन्ट बनेर हाम्रो समुदाय, मानवजातिका लागि खतरा भयो, त्यो शक्तिशाली बन्यो, मानिसलाई त्यसले सङ्क्रमण गरेर बिरामी बनायो बनाउन लाग्यो भने त्यो हाम्रो लागि विशेष भयो । त्यो अवस्थामा के हो भनेर हाम्रो चासो बन्नुपर्छ र त्यो बेलामा सङ्क्रमण बढेको हो भनेर बुझ्न जरुरी हुन्छ ।
छुट्यो कि ?
—दुईवटा मास्क लगाउँदा जोखिम घट्छ ?
—नेपालमा कोरोना संक्रमण दर घट्यो भनेर भन्न मिल्दैन : डा. शेरबहादुर पुन
—नयाँ स्वरुपको कोरोना गम्भीर छ‚ हेलचक्र्याइँ नगरौँ : सरुवा रोग विशेषज्ञ डा. पुन [भिडियोसहित]
—कोरोनाको नयाँ स्वरुपबारे डा. पुनको सल्लाह – हेलचेक्र्याईं नगरौं
संसारका कुनै पनि कुनामा कुनै पनि भेरियन्ट त बन्न सक्छ । यो सम्भावना पनि रहन्छ । यो कुरामा दुई मत छैन । यी भेरियन्टहरुसँग भिड्ने जित्ने तयारी गर्ने हाम्रो दायित्व हो ।
कोभिड नियन्त्रणका लागि गरिहाल्नुर्ने कुरा
पछिल्लो समयको अनुसन्धानबाट खोप लगाएका व्यक्तिहरु सङ्क्रमित नै भएपनि सिकिस्त भएको भने पाइएन । खोप लगाएर सङ्क्रमित भएपनि उनीहरु सामान्य अवस्थाबाटै फर्किए
एक नम्बरमा गरिहाल्नुपर्ने कुरा चाहिँ खोपको व्यवस्था हो । यो एकदमै आवश्यक छ । हामीले जनस्वास्थ्यका मापदण्ड पनि हेरेको हो । हाम्रो बानी—व्यवहार एकनास नहुन पनि सक्छ । जसले गर्दा हामी आफैं सङ्क्रमित हुँदै मृत्युको मुखमा पुगेका पनि छौं । त्यसकारण कतिपय मानिस सङ्क्रमित पनि भए, दोस्रो लहरमा धेरैको मृत्यु पनि भयो । हालसम्म आउँदा उपचारका लागि प्रभावकारी औषधिहरु बनिसकेका छैनन् । त्यसकारण अहिलेका लागि एकदमै महत्वपूर्ण कुरा खोप हो । खोपको पनि यसभन्दा अगाडि अनुसन्धानको आधारमा यो खोप यस्तो, यति प्रभावकारी छ भनेर भनिएता पनि अहिले पछिल्लो समयको अनुसन्धानबाट खोप लगाएका व्यक्तिहरु सङ्क्रमित नै भएपनि सिकिस्त भएको भने पाइएन । खोप लगाएर सङ्क्रमित भएपनि उनीहरु सामान्य अवस्थाबाटै फर्किए, उनीहरुको अवस्था जटिल हुन पाएन । यसबाट हामीले के कुरा बझ्न सक्छौँ, भने हाम्रो लागि खोप एकदमै महत्वपूर्ण र यो समयमा एकदमै आवश्यक छ । दीर्घकालीन सकरात्मक रिजल्टका लागि ।
खोपको पर्याप्तताको बारेमा विश्वको परिप्रेक्ष्यलाई पनि हेर्नुपर्ने हुन्छ । अहिले प्रायः सबैजसो देशहरुमा खोपको हाहाकार भएको अवस्था छ । नेपालले खोप आफैं बनाउनुपर्यो । यदि यस्तो हुन पनि सकेन भने कुनै न कुनै देशसँग समन्वय गरी खोपका लागि उनीहरुसँग आग्रह गर्नुपर्ने हुन्छ ।
यो अवस्थामा देशले कुटनीतिक पहलमा विशेष ध्यान दिएको छ भन्ने कुरामा भरपर्छ । यतिकै लाइनमा बसरे पालो कुरेर मात्र खोप ल्याउन धेरै मुश्किल छ । यसरी खोप ल्याउन सम्भव पनि कम छ । नेपालभन्दा धेरै धनी देशहरु धेरै छन् । पैसा पनि नेपालले भन्दा बढी खर्च गरेका पनि होलान् । त्यसैले यो नेपालको मात्र समस्या होइन अन्य देशहरुको पनि समस्या हो । सबै देशले आफ्नो जनतालाई खोप दिन तछाडमछाड गर्नु स्वाभाविक हो र गर्छन पनि । त्यसैले यहाँनेर आफ्नो तरिकाले खोप ल्याउनका लागि विशेष पहलको आवश्यकता छ ।
निषेधाज्ञा समाधानको अचुक अस्त्र हो त ?
निषेधाज्ञा मात्र यो समस्याको समाधानको उपाय होइन । यो अचुक अस्त्र पनि होइन । निषेधाज्ञाले मात्र केही समस्या समाधान हुँदैन । यो एउटा क्षणिक समस्या समाधानको उपाय हो । यदि निषेधाज्ञाले मात्र समस्या समाधान गर्दथ्यो भने पहिले तीन महिना लकडाउन गरेपछि त्यसको केही हप्तापछि पनि धेरै मानिसको मृत्यु भयो । सङ्क्रमित पनि भए । यो पाली पनि यसरी लकडाउनले मात्र समस्या समाधान होला भन्ने होइन ।
अन्य देशहरुलाई पनि उदाहरणको रुपमा पनि हेर्न सकिन्छ । अन्य देशरमा पनि पहिलो, दोस्रो तथा तेस्रो लकडाउनहरु भए तर समस्या उस्तै रह्यो ।
यो एउटा युद्धविराम जस्तो भने हो । भाइरसले कुन खालको अवस्था सिर्जना गर्छ भनेर त्यो अध्यनन अनुसन्धान र त्यहीअनुरुप योजना बनाउने नीतिहरु बनाउने भन्नका लागि त्यो एउटा राम्रो समय हो निषेधाज्ञा । अर्को कुरा चाहीँ मानिस हिँड्डुल गर्न पाउँदैनन, जसले गर्दा अलिकति भएपनि चेनब्रेक हुन्छ कि भन्ने विश्वासले पनि हो । तर यो सधैंका लागि सफल हुने र यो कोभिड नियन्त्रणको अचुक अस्त्र नै हो भन्ने चाहीँ होइन । केही समयका लागि समस्या समाधानका उपाय खोज्ने समय चाहीँ हुन सक्छ ।
अतः हाम्रो लागि दीर्घकालीन समस्याको समाधान भनेको खोप नै हो । खोप निर्विकल्प साधन हो । त्यसैले सम्बन्धित निकायको अर्जुनदृष्टि खोपमा जान आवश्यक छ । जसरी पहल गरेर हुन्छ कसरी हुन्छ, खोप ल्याउन एकदमै आवश्यक छ ।
(भाइरोलोजिस्ट डा. पुनसँग मकालुकर्मी समिक्षा गाहाले गरेको कुराकानीमा आधारीत)