जलजला पहाड (कविता)
२०७८ जेठ २२ गते
जति भाग्न चाहन्छु
त्यति नै स्मृतिहरुले घुमाउँदै-घुमाउदै ल्याईपुर्याउँछ
मलाई तिम्रो सम्झनासम्म
यसो हुनु कति नमिठो गरि दुख्नु हो तिमी कल्पना गर्न सक्छौं ?
त्यति नै स्मृतिहरुले घुमाउँदै-घुमाउदै ल्याईपुर्याउँछ
मलाई तिम्रो सम्झनासम्म
यसो हुनु कति नमिठो गरि दुख्नु हो तिमी कल्पना गर्न सक्छौं ?
बादलभन्दा छिटो-छिटो हिँड्दै
चरनमा बाख्राका बथानहरु धपाउँदै
हामीले साटेको आत्मीयता
म भित्र अझै पनि ढुकढुक गरिरहेछ ।
चरनमा बाख्राका बथानहरु धपाउँदै
हामीले साटेको आत्मीयता
म भित्र अझै पनि ढुकढुक गरिरहेछ ।
यो पापी राज्यसत्ताको बिरुद्ध
यहीँबाट सुरु गरिएको हो युद्व
आज पनि रङ्गिरहेको छ यो पहाड वीर सहिदहरुको रगतले
क्रान्तिको रातो रगतले बेहुलीझैँ सिङ्गारिएको छ
तिम्रो मायामा मैले यो बिशाल चट्टानमा मीठो गीत लेखेको छु ।
यहीँबाट सुरु गरिएको हो युद्व
आज पनि रङ्गिरहेको छ यो पहाड वीर सहिदहरुको रगतले
क्रान्तिको रातो रगतले बेहुलीझैँ सिङ्गारिएको छ
तिम्रो मायामा मैले यो बिशाल चट्टानमा मीठो गीत लेखेको छु ।
साँच्चै ,
हामी त्यसदिन कति खुशी थियौँ
आकाशमा गर्जेको चट्याङले
हामी कति नजिक थियौँ
सिरसिर चलेको सिरेटोले टाडासम्म स्पर्श छोडेको थियो
युद्वको त्यो कठिन घडीमा पनि हामीमा कत्रो जोश थियो ।त्यसदिन युद्वको मोर्चामा
कसम खाएर गएको तिमी , फेरि कहिल्यै फर्किएर आएनौं ।
तर,
जहीँतहीँ छौ निराकार
सधैं मलाई किन यस्तो लाग्छ
एक्लै बसेर उदास आवाज निकाल्ने बनचरीहरु
सायद तिम्रो सम्झनामा रूँदैछन्
तिमीलाई सम्झँदै रोपेको यो हलुवाको बोट फल्न सुरु भैसकेको छ ।

खुशीको कुरा
यहाँका मानिसहरुले युद्व बिर्सिसकेका छन्
उनीहरुको अनुहारमा मुस्कान देखिन थालेको छ ।आगनभरि केटाकेटी नाँच्दै उफ्रिएको दृश्य कति सुन्दर छ
पहिला जस्तै फेरि यी मानिसहरुको अनुहारमा
खुशी देखिनु धेरै ठुलो कुरा हो ।

तर ,
तिमी छैनौं आज मसँग
जीवनभर तिमी नहुनुको पीडा लिएर बाँच्नुछ
यो दुख कि मलाई थाहा छ
कि थाहा छ त्यो जलजला पहाडलाई ।तिमीले टेकेको पाईलाको डोब
बर्खे झरीले बगाएर कहाँ पुर्याईसकेछ
कहिलेकाहीँ लाग्छ
त्यसैगरि जानू नि तिम्रो सम्झना मेरो हृदयबाट ।

उदास-उदास एक्लै यो पहाडमा
चरनमा बाख्राहरु चराउँदै बाँचिरहेछु
तिमीसँगका मीठा स्मृतिहरुमा हराउदै ।
उदास-उदास एक्लै यो पहाडमा
चरनमा बाख्राहरु चराउँदै बाँचिरहेछु
तिमीसँगका मीठा स्मृतिहरुमा हराउदै ।
२०७८ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित