विषालु च्याउ खाँदा दुईको मृत्यु

काठमाडाैँ । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ ।

५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार मृत्यु भएको हो । दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । यस्तै जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो ।

वीरमान र उनकी पत्नी विष्णुकुमारी पनि बिरामी छन् । उनीहरूलाई बिएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । उपचारपछि उनीहरु घर फर्केका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *