प्रदेश २ मा कांग्रेस र माओवादी आजै सरकारमा जाँदै

जनकपुर । प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने भएका छन् । मुख्यमन्त्री कार्यालयको उच्च स्रोतले मकालुखबरलाई दिएको जानकारीअनुसार बुधबार बेलुका साढे ७ बजे सपथ ग्रहण गराउने तयारी छ । स्रोतका अनुसार नेपाली कांग्रेसबाट तीनजना र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित मन्त्रीमण्डल विस्तार गर्न लागिएको हो ।

कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव नेतृत्वमा तीनजना र माओवादीबाट संसदीय दलका नेता भरत साहको नेतृत्वमा दुई मन्त्री सहभागी हुनेछन् । बाँकी मन्त्रीको नाम तय गर्न दुवै दलले आन्तरिक छलफल गरिरहेको पनि स्रोतको दावी छ । यादवले भौतिक योजना मन्त्रालय पाउने सम्भावना छ ।

जसपाको ठाकुर-महतो पक्षका भौतिक योजनामन्त्री जितेन्द्र सोनललाई मुख्यमन्त्रीले हटाएपछि त्यो मन्त्रालय खाली छ । तर बाँकी मन्त्रीलाई कुन कुन मन्त्रालय दिने भन्ने तय हुन बाँकी रहेको र मुख्यमन्त्री कार्यालयमा अहिले यसै विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । केही मन्त्रालय फुटाउने सहमति भए पनि कुन कुन मन्त्रालय फुटाउने भन्नेमा छलफल केन्द्रित छ ।

कांग्रेसका सांसद ओमप्रकाश शर्मालाई खानेपानी तथा सिँचाइमन्त्री बनाइँदै छ भने कांग्रेसकै अर्का सांसद वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

माओ‌वादी केन्द्रबाट दुईजना नेता मन्त्री बन्ने पक्का भएको छ । जसअनुसार माओवादी संसदीय दलका नेता भरत साह र जगत यादव मन्त्री हुने भएका छन् । उनीहरुको मन्त्रालयको भने अहिलेसम्म टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *