जनतामाथि कुठाराघात गर्ने सरकारप्रति विश्वास छैन : आचार्य
मकालु खबर
२०७८ जेठ २७ गते
काठमाडौं । गण्डकी प्रदेशका जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता हरिशरण आचार्यले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिने बताउँदै जनतामाथि कुठाराघात गर्ने सरकारलाई विश्वासको मत नदिन आह्वान गरेका छन् ।
छलफलमा भाग लिँदै नेता आचार्यले भने— ‘बिनानैतिकताको सरकारलाई कसैले विश्वासको मत दिँदैन । आज यो सरकारले गणतन्त्रलाई धरापमा पारेको छ । संघीयतालाई धरापमा पारेको छ ।’
मुख्यमन्त्री गुरुङले बिहीबारको प्रदेश सभा बैठकबाट विश्वासको मत लिँदैछन् ।
मकालु खबर
२०७८ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित