सातै प्रदेशका मन्त्रीहरुसँग गृहमन्त्रीको छलफल

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले मन्त्रीहरुसँग छलफल गरेका छन् । मन्त्री अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुसँग छलफल गरेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए । ‘उहाँले प्रदेशका मन्त्रीहरुसँग छलफल गर्नुभएको हो,’ प्रवक्ता दाहालले भने— ‘खासगरी विपद् व्यवस्थापनकै विषयमा छलफल गर्नुभएको हो ।’

प्रवक्ता दाहालकाअनुसार मन्त्री अधिकारीले मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड–१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयलगायतका विषयमा पनि प्रदेश मन्त्रीहरुसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतका उच्च पदस्थ व्यक्तिहरु पनि सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *