पल र प्रकृति अभिनित ‘को होला त्यो’ सार्वजनिक

२०७८ असार ८ गते

काठमाडौँ । गीत ‘को होला त्यो’ को ‘फिमेल भर्जन’ सार्वजनिक भएको छ । गीतमा अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द सङ्गीत सुनिल गिरीले गरेका छन् ।
संगीत संयोजन भने गोपाल रसाइलीको रहेको छ । अनिल के मानन्धरको छायाङ्कन तथा निर्देशनमा भिडिओ तयार भएको छ ।
भिडिओमा पल शाह र प्रकृति श्रेष्ठले अभिनय गरेका छन् । प्रकृति ६ वर्षपछि पुनः अभिनयमा फर्किएकी हुन् ।

२०७८ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित