नवराज विकको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)
२०७८ असार १३ गते
काठमाडौं । ‘कथित माथिल्लाे जातकी युवतीसँग प्रेम गरेको भन्दै गतवर्ष रुकुममा हत्या गरिएका’ नवराज विकको सम्झनामा आइतबार काठमाडाैं, गोकर्णेश्वरको जोरपाटीमा दीप प्रज्ज्वलन गरिएको छ ।
जोरपाटीका दलित युवा अभियन्ता तथा नेपाली कांग्रेसका युवा नेता बुद्वराज रिसालको संयोजकत्वमा सञ्चालित कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगर प्रवक्ता मनोज ढुंगाना, वडा अध्यक्ष रमेश अर्याललगायत मानव अधिकार तथा शान्ती समाजका पूर्व सभापति उत्तम पुडासैनीसहित दलित अभियान्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दलित अधिकारसम्बन्धी विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो ।
२०७८ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित